Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्षका बढी

सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्षका बढी

images

इच्छाकामना न्युज

१७, श्रावण २०८३
सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्षका बढी
images

भरतपुर । सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेका छन् । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका एक हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ वटा दुर्घटना सो उमेर समूहका चालकले गराएका छन् ।

यस्तै, २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६ देखि २५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन् । युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन् ।

ती दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन् । सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६ देखि २५ वर्ष उमेर समूहका ५९, छदेखि १६ वर्ष उमेर समूहका सात र छ वर्षदेखि तलका उमेर समूहका सात जना रहेका छन् । घाइते हुनेको संख्या पनि सोही अनुपातमा रहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन् । यस्तै, सडकको अवस्थाका कारण १०७ वटा ‘ओभरटेक’ गर्र्दा ७२, मौसमको खराबीले चौपायका कारण १०, ओभरलोड भएर आठ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उनले जानकारी दिए । यस कार्यालयले काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८३ आइतवार - १४:१८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology