Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्‍याली निकालिँदै

चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्‍याली निकालिँदै

images

इच्छाकामना न्युज

१५, श्रावण २०८३
चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्‍याली निकालिँदै
images

भरतपुर।चितवनमा आज बेलुका साढे ४ बजे बृहत सद्भाव र्‍याली निकालिँदै छ । सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको अवस्थामा चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकता कायम गर्न र्‍याली निकाल्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा निकालिने र्‍यालीमा विभिन्न राजनीतिक दल, सामाजिक एवम् धार्मिक संघसंस्था लगायतको सहभागीता रहने बताइएको छ । र्‍यालीमा सहभागी हुन सबैलाई अपिल पनि गरिएको छ ।

त्यसअघि आजै जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक एवम् धार्मिक संघसंस्थाका प्रतिनिधिसँग प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफल गर्दै छन् । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न यी कार्यक्रम गर्न लागिएको हो । विश्व हिन्दु महासंघ चितवनले आजको लागि आह्वान गरेको चितवन बन्दको कार्यक्रम फिर्ता भइसकेको छ ।
 
 

images
प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - ११:५६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology