Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवन बन्दको कार्यक्रम फिर्ता, विश्व हिन्दु महासंघको घोषणा

चितवन बन्दको कार्यक्रम फिर्ता, विश्व हिन्दु महासंघको घोषणा

images

इच्छाकामना न्युज

१५, श्रावण २०८३
चितवन बन्दको कार्यक्रम फिर्ता, विश्व हिन्दु महासंघको घोषणा
images

भरतपुर। विश्व हिन्दु महासंघ चितवनले आज (शुक्रबार) आह्वान गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गरी चितवन बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन र गृहमन्त्री र पिडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश दिएकाले सरकारले गरेको सकारात्मक पहललाई स्वागत गर्दै चितवन बन्दको कार्यक्रम फिर्ता लिइएको महासंघको चितवन अध्यक्ष प्रेम गैरेले बताए ।
 
स्थानीय प्रशासन, राजनीतिक दल र व्यवसायीक संघसंस्थाले गरेको आग्रह समेतलाई मध्यनजर गरी बन्द फिर्ता लिइएको उनले स्पष्ट पारेका छन् । सुनसरी घटनापछि धार्मिक विवाद यतिबेला मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सल्किएको छ ।
111111-1085x1536.jpg

images
प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - ११:२८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology