Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राप्तीमा पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण

राप्तीमा पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण

images

इच्छाकामना न्युज

१४, श्रावण २०८३
राप्तीमा पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
images

चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उनले जानकारी दिए । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको छ ।

धुवाँरहित चुलोले स्वस्थ परिवार, हराभरा वन, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीले बताए । संस्थाले यसअघि इच्छाकामना गाउँपालिका सहित कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा चुलो वितरण गरिसकेको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०८३ बिहिवार - १३:२०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology