Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सुनसरी घटनाको समाधानमा प्रधानमन्त्रीको विशेष पहल जारी छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुनसरी घटनाको समाधानमा प्रधानमन्त्रीको विशेष पहल जारी छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

images

इच्छाकामना न्युज

१३, श्रावण २०८३
सुनसरी घटनाको समाधानमा प्रधानमन्त्रीको विशेष पहल जारी छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
images

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् ।

सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीज्यूले पर्याप्त पहल लिइरहनुभएको उनको भनाइ छ । ‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,’ अर्थमन्त्रीले सर्वदलीय बैठकमा भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ ।
राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए ।

सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई अवगत गराउने भन्दै उनले सबैको प्रयत्नमा साझा समाधान खोजिनुपर्नेमा जोड दिए । 

images
प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १२:०७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology