Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए विष्णु पौडेल

रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए विष्णु पौडेल

images

इच्छाकामना न्युज

७, श्रावण २०८३
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए विष्णु पौडेल
images

काठमाडौँ।सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अदालतबाट छुटेको एक हप्तापछि उनी बुधबार पार्टीको कार्यक्रममा देखिएका हुन् । ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्युटमा जारी प्रवचन कार्यक्रममा उनी सहभागी छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ मा सुर्खेतमा पक्राउ परेका थिए । करिब २५ दिन हिरासतमा बसेपछि अदालतले साउन १ मा उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १६:३४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology