काठमाडौँ।राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री डा वाग्लेको भनाइ छ । सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
त्यसअघि सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा), रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णुकुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही असार १७ गते दिउँसो १ः१५ बजे बस्नेछ । रासस