Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ: झलनाथ खनाल

हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ: झलनाथ खनाल

images

इच्छाकामना न्युज

१४, आषाढ २०८३
हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ: झलनाथ खनाल
images

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन् । जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, “निकै लामो समयदेखि आज दुई वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई आश्चर्य लागेको हुनसक्छ ।

वामपन्थी एकता आज मात्रै होइन,” “अनेकन्‌कालदेखि आवश्यक थियो । तर,बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरूअरू केके पलायो, त्यसले एकताबद्ध हुन सकेन ।”उनले अब एकताको बाध्यात्मक अवस्था आएको औँल्याए । “हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ । कम से कस आज विचार गोष्ठीमा एकताबद्ध भयौँ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अघि बढाउने कामको थालनी गरौँ,” उनले भने ।

images
प्रकाशित मिति :आषाढ १४, २०८३ आइतवार - १५:४६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology