Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रास्वपा सांसद डा.अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र, पक्राउको तयारी

रास्वपा सांसद डा.अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र, पक्राउको तयारी

images

इच्छाकामना न्युज

९, आषाढ २०८३
रास्वपा सांसद डा.अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र, पक्राउको तयारी
images
काठमाडौं । ‘बिचौलिया’ भनिएका दीपक भट्टसँगको सम्बन्ध तथा ‘इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप’मार्फत अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको आशंकामा सांसद डा. अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र भएको स्रोतले जनाएको छ। यही असन्तुष्टिका कारण अमरेश अहिले महाधिवेशनमा गएका छैनन् ।
 
अनुसन्धानका क्रममा सिंह र भट्टबीच लामो समयदेखिको सम्बन्ध रहेको तथ्य खुलेको दाबी गरिएको छ। भट्ट पक्राउ परेपछि सिंह तनावमा रहेको र उनको पछिल्लो राजनीतिक गतिविधि पनि अनुसन्धानसँग जोडेर हेरिएको स्रोतको भनाइ छ। सिंहले हाल सरकार तथा रास्वपा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै संसददेखि सार्वजनिक मञ्चसम्म आलोचना गरेका छन्। उनले चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनसमेत बहिष्कार गरेका थिए।
 
यद्यपि,यी गतिविधि राजनीतिक असहमतिको परिणाम हुन् वा अनुसन्धानको दबाबसँग सम्बन्धित भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन। अनुसन्धानमा संलग्न स्रोतहरूले आवश्यक प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने र पक्राउको सम्भावना रहेको दाबी गरेका छन्।

images
प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - १५:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology