चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि ३ हजार ८४९ प्रतिनिधि कायम भएका छन् केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार सार्वजनिक गरिएको प्रतिनिधि नामावलीमाथि प्राप्त उजुरीहरूको छानबिनपछि प्रतिनिधिको अन्तिम सङ्ख्या निर्धारण गरिएको हो।
महाधिवेशन अन्तर्गत बन्दसत्र तथा नेतृत्व चयन प्रक्रियामा यी प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्। चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ।