Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेता भरतपुरमा

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेता भरतपुरमा

रासस

७, आषाढ २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेता भरतपुरमा

काठमाडौँ ।आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुग्ने क्रम जारी छ ।

images
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसक्नुभएको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसक्नुभएको छ । रासस
 
 

images
प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १४:००:१४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology