Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ

प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ

images

इच्छाकामना न्युज

२७, जेठ २०८३
प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ
images

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्वन्धि धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन । संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु।
 
हाम्रो माग सम्वन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको धारण के हो प्रधानमन्त्रीको धारणा के हो ? लिखितरुपमा भएपनि धारणा राख्नुपर्छ ।’यस्तै उनले प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संविधानसम्वत संसद चल्नुपर्ने बताए ।

‘त ठूलो कि म ठूलोरु अहंकार ठुलो कि संस्कार ठूलो ? आकार ठुलो कि प्रकार ठुलो ? पेलेर जाने कि सम्हालेर लाने ? पद ठूलो कि देश ठूलो ? प्रश्नै प्रश्न छन् यहाँ यो प्रश्न म राख्न चाहान्छु । हाम्रो आन्दोलन, माग एउटै उद्देश्य छ प्रधानमन्त्री भन्ने पद व्यक्तिसँग सरोकार राख्दैन । प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनैपर्छ। संविधानको धार ७६ को उपधारा १० अन्तर्गत यो संसद चल्ने कि नचल्ने ?’, उनले भने । 

 
 

images
प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - १६:४४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology