Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अर्थमन्त्री वाग्लेः विद्युत् व्यापारमा दोहोरो कर छैन

अर्थमन्त्री वाग्लेः विद्युत् व्यापारमा दोहोरो कर छैन

images

इच्छाकामना न्युज

२७, जेठ २०८३
अर्थमन्त्री वाग्लेः विद्युत् व्यापारमा दोहोरो कर छैन
images

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे ।

बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए । उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ ।

मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट कटौती गर्न सकिने नयाँ व्यवस्था पनि बजेटमार्फत ल्याइएको जानकारी दिए । उनले नागरिकलाई औपचारिक कर प्रणालीमा आबद्ध हुन र नियमित रूपमा आयकर विवरण (इनकम ट्याक्स फाइल) पेश गर्न आग्रह गरे ।

विद्युतीय सवारीसाधन (ईभी) मा अब ‘पिक पावर’को सट्टा मूल्यका आधारमा भन्सार निर्धारण गरिने उनले बताए । विगतमा पिक पावरका आधारमा भन्सार निर्धारण गर्दा दुरुपयोग भएको र महालेखा परीक्षकले अर्बौं रुपैयाँ बेरुजु औँल्याएको उल्लेख गर्दै वैज्ञानिक अभ्यास र अनुसन्धानका आधारमा नयाँ व्यवस्था लागू गरिएको उनले बताए। ईभीको मूल्यमा ५० लाख रुपैयाँभन्दा बढी वृद्धि नहुने गरी नीति सच्याइएको पनि उनले जानकारी दिए ।

यस्तै, महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घरलाई व्यवसाय सञ्चालन गरेको मितिदेखि १० वर्षसम्म कर छुट दिने व्यवस्था गरिएको मन्त्री वाग्लेले बताए । स्वास्थ्य क्षेत्रतर्फ रगत तथा खोप ढुवानीका लागि प्रयोग हुने क्यारियरमा लाग्दै आएको ३० प्रतिशत भ्याट घटाएर १५ प्रतिशत कायम गरिएको पनि उनले जानकारी दिए । 

images
प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - १२:१४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology