काठमाडौं। गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् ।
छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो। सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हालेका हुन् ।
त्यस्तै सांसद महावीर पुनले पनि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा प्रस्ताव गरेपछि स्वीकार गरेका हुन् ।