Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रास्वपा नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी

रास्वपा नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी

images

रासस

२६, जेठ २०८३
रास्वपा नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी
images

त्रिवेणी (नवलपरासी)

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित हुनभएको छ । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उहाँ सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिनुभयो ।

प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गर्नुभयो । उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित हुनुभएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए । रासस

 
 

images
प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - १०:१४:०९ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology