Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते

चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते

images

इच्छाकामना न्युज

२२, जेठ २०८३
चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते
images

चितवन । चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा मोटरसाइकल बाघसँग ठोक्किँदा एक जना घाइते भएका छन् ।

माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका छन् ।

दुर्घटनामा कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ०८:४५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology