Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सुधन गुरुङ लगायत आयोजकमाथि थप अनुसन्धान गर्न मानव अधिकार आयोगको निर्देशन

सुधन गुरुङ लगायत आयोजकमाथि थप अनुसन्धान गर्न मानव अधिकार आयोगको निर्देशन

images

इच्छाकामना न्युज

१३, जेठ २०८३
सुधन गुरुङ लगायत आयोजकमाथि थप अनुसन्धान गर्न मानव अधिकार आयोगको निर्देशन
images

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। 

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा शान्तिपूर्ण रहने प्रतिबद्धता विपरीत हिंसात्मक गतिविधि भएको ठहर गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। आयोगको प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर ९ मा प्रदर्शनका लागि आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण कार्यक्रम गर्ने भनी अनुमति लिएका थिए । तर, प्रदर्शन नियन्त्रण बाहिर गई हिंसात्मक रूप लिँदा र तोडफोड हुँदा समेत आयोजकहरूले त्यसलाई रोक्न नसकेको आयोगको निष्कर्ष छ। आयोगले आयोजकहरूको भूमिका र प्रदर्शनमा भएको घुसपैठका विषयमा गम्भीर प्रश्न उठाएको छ।

 
थप अनुसन्धानको दायरामा पर्नेहरूमा ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउड रहेका छन् । उनीहरूले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न र प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक जिम्मेवारी पूरा नगरेको आयोगले जनाएको छ।
 
आयोगले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुनुमा आयोजकहरूको फितलो व्यवस्थापन र कमजोरीलाई पनि एउटा कारण मानेको छ । भविष्यमा आयोजना गरिने यस्ता कार्यक्रमहरूमा आयोजकलाई थप जिम्मेवार बनाउन र घटनाको गहिराइसम्म पुग्न यी व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

images
प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - १६:५८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology