Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ ।

images

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा सांसदहरूले सुकुमवासी समुदायको समस्या तत्काल समाधान गर्न सरकारलाई सक्रिय हुन आग्रह गर्नुभएको छ । उहाँहरूले योजनाविहीन व्यवस्थापन र बस्ती हटाउने कार्यले सुकुमबासी थप समस्यामा परेका बताउनुभयो ।

बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुमवासीको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू मानसिक तनावमा रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको आवासको अधिकारसमेत प्रभावित भएको बताउनुभयो । उहाँले सुकुमवासीले न पर्याप्त रोजगारी पाएको, न स्वास्थ्य सेवाको सहज पहुँच पाएको जिकिर गर्दै लालपुर्जाको अभावले उनीहरूको अवस्था थप जटिल बनेको बताउनुभयो ।
सांसद उदयबहादुर बोहोराले वास्तविक सुकुमवासी नै बढी समस्यामा परेका उल्लेख गर्दै तयारीविना डोजर प्रयोग गरेर बस्ती हटाउँदा समस्या थपिएको बताउनुभयो । सांसद नरबहादुर विष्टले सुकुमवासी समस्या समाधानका लागि सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिन आवश्यक रहेको बताउनुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले उचित तयारीविना सुकुमवासी बस्ती खाली गराउँदा नागरिक समस्यामा परेका उल्लेख गर्दै यस विषयमा सरकारलाई बोलाएर समितिमा गम्भीर छलफल गर्न आग्रह गर्नुभयो । सांसद रोश्नी मेचेले सुकुमवासी व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकारको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद चन्द्रबहादुर केसीले छलफलमा उठेका विषयलाई गम्भीर रूपमा लिएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । सांसद रञ्जित कर्णले सुकुमवासी समस्या समयमै समाधान हुन नसके बालबालिकाको शिक्षा प्रभावित हुने बताउनुभयो । उहाँले सुकुमवासी बस्तीका बालबालिका विद्यालय जानबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना हुन सक्ने भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा)ले सुकुमवासी समस्या समाधानका नाममा नागरिकका १६ मौलिक हक प्रभावित भएका भन्दै यसतर्फ सरकारको ध्यानआकर्षण गराउनुभयो । सांसद नारायणदत्त मिश्रले बाढीका कारण सुकुमवासी बस्तीका नागरिक हरेक वर्ष जोखिममा पर्ने गरेका उल्लेख गर्दै राज्यले समयमै प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

सांसद पदमबहादुर परियारले सुकुमवासी बस्तीमा रहेका अपाङ्गता भएका र अशक्त व्यक्ति अझ बढी प्रभावित भएका भन्दै उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा सांसदहरूले सुकुमवासी समस्या केवल आवाससँग मात्र सम्बन्धित विषय नभई मानव अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासँग जोडिएको विषय भएकाले राज्यले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । रासस

 
 

images
प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - १५:१८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology