Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाइन घटना दर्ता 

पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाइन घटना दर्ता 

images

सिआईएन

२९, फाल्गुण २०७७
पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाइन घटना दर्ता 
images

रोशन तिवारी, पर्वत, २९ फागुन । पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाईनमा घटना दर्ता शुरु भएको छ । गतवर्ष बाट शुरु भएको अनलाईन घटना दर्ता गर्न पूर्वाधार विस्तार भैरहेकोमा हालै सबै वडामा सेवा बिस्तार गरिसकिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जन्म, मृत्यु, बसाईसराई, विवाह दर्ता लगायतका कार्य अनलाईन मार्फत गर्न थालेपछि सेवाग्राहीको काम छिटो, छरितो हुने अध्यक्ष पौडेलले बताउनुभयो । महाशिला गाउँपालिकाले सबै वडामा ईण्टरनेटको सेवा पु¥याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्याक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाएको पौडेलले बताउनुभयो ।

अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्तावेज सुरक्षित गराउन सहज हुने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बुद्धिराम शर्माले बताउनुभयो । अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाईन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भएपनि गाउँपालिकामा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन ।

जिल्लाको कुश्मा नगरपालिकाले पनि १४ वटा वडामध्ये अहिलेसम्म ९ वटा वडामा अनलाईन घटना दर्ता सेवा बिस्तार गरेको छ । चालु वर्ष सबै वडामा सेवा विस्तार गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले पनि सबै वडामा गतवर्ष नै अनलाईन घटनादर्ताको काम शुरु गरिसकेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:१६:५३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology