Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

इच्छाकामना न्युज

२५, बैशाख २०८३
हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति
images

काठमाण्डौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकता गर्ने सहमति भएको छ । बिहीबार राति साम्पाङ र किरातीबीच एकतासम्बन्धी सहमति भएको हो ।

images
images

किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । किराती पार्टीमा वरिष्ठ नेता रहनेछन् । सहमतिसँगै शुक्रबार एकता घोषणा गरिँदैछ । एकता घोषणा कार्यक्रम अपराह्न ३ बजे बागबजारको हार्दिक होटल हुँदैछ ।

पूर्वमाओवादी नेता किराती चुनावअघि माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । पछि उनले पार्टी परित्याग गरेका थिए । किराती पर्यटनमन्त्री समेत बनेका थिए ।

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - ०८:५२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology