Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

इच्छाकामना न्युज

८, बैशाख २०८३
हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
images

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

images
images

देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात भईरहेको छ ।

आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

आज राती देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८३ मंगलवार - ०८:२६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology