Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली–लेखकलाई हिरासतमा राख्न दिएको म्याद आज सकिँदै, छुट्ने सम्भावना कति ?

ओली–लेखकलाई हिरासतमा राख्न दिएको म्याद आज सकिँदै, छुट्ने सम्भावना कति ?

images

इच्छाकामना न्युज

२६, चैत्र २०८२
ओली–लेखकलाई हिरासतमा राख्न दिएको म्याद आज सकिँदै, छुट्ने सम्भावना कति ?
images

काठमाण्डौ । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न दिएको म्याद आज सकिदैछ । दुवै नेताविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालतले परमादेश दिइसकेको छ ।

तर आजै प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतलमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत सुरु भएका खण्डमा भने ओली र लेखक तत्काल रिहा हुने छैनन् । त्यसपछि भने उनीहरू रिहा हुने–नहुने विषय सम्बन्धित अदालतले तय गर्नेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेमध्ये एक आदेश दिन सक्छ ।

ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद आज सकिन लागेको हो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले १४ चैतमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - ०८:४५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology