Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आजपनि हुँदै

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आजपनि हुँदै

images

इच्छाकामना न्युज

२३, चैत्र २०८२
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आजपनि हुँदै
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुदैछ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई शुरु भएकोमा सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको थियो । आइतबार निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब आज सरकार पक्षका वकिलको बहस हुने भएको छ ।

यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र २३, २०८२ सोमवार - ०९:४०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology