आँबुखैरेनी, २७ फागुन । तनहुँको आँबुखैरेनी बजारमा अध्याधुनिक सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ। बजारको मध्यभाग कृष्ण मन्दिर नजिकै अध्याधुनिक सुविधा सम्पन्न माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट आजदेखि संचालनमा आएको हो।
महाशिवरात्रीको अवसर पारेर रेष्टुरण्टको आज आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले समुद्घाटन गर्नुभएको छ। रेष्टुरेण्टको समुद्घाटन गर्दै अध्यक्ष थापाले आँबुखैरेनीमा अत्याधुनिक सुविधा सम्पन्न होटल रेष्टुरेण्ट संचालनमा आउदा आँबुखैरेनीको आर्थिक गतिविधिको विकाशमा कोसेढुङ्गा सावित हुन सक्ने भएको भन्दै शुभकामना दिनुभयो।

के.सी. ग्रुपको करिब ६ करोड लगानीमा संचालनमा आएको पार्टी प्यालेसमा एसी हलका साथै ५०० जनासम्म अट्ने २ वटा हल रहेको छ। साढे ६ रोपनी जग्गामा फैलिएको रेष्टुरेण्टमा पर्याप्त पार्किङका साथै बजारको मुख्य भागमा नै रहेकोले पाहुनाको रोजाईमा पर्ने संचालक इम बहादुर के.सी.ले बताउनुभयो। हाल स्विमिङ पुल समेत संचालनमा आएको रेष्टुरेण्टमा अब केहि दिन भित्रैमा ३६ वेडको १८ वटा एसी जडित कोठा संचालनमा ल्याउन लागिएको पनि उहाँले बताउनुभयो।

आज समुद्घाटन गरिएको रेष्टुरेण्टको औपचारिक कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बुद्धिजिवी, सुरक्षा निकायका प्रतिनिधीहरु, व्यवसायी समाजसेवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी., तनहुँ उद्योग वाणिज्य संघका सदस्य सुनिल मल्ल, समाजसेवी बुद्धिजिवी सानुकाजी थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन बिशाल थापा मगरले गर्नुभएको थियो।




