Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डढेल्धुरा स्थित अजयमेरु–५ देवल दिव्यपुर गालका स्थानीय खानेपानीको समस्यामा 

डढेल्धुरा स्थित अजयमेरु–५ देवल दिव्यपुर गालका स्थानीय खानेपानीको समस्यामा 

सिआईएन

२७, फाल्गुण २०७७
डढेल्धुरा स्थित अजयमेरु–५ देवल दिव्यपुर गालका स्थानीय खानेपानीको समस्यामा 
images

भावना पौडेल, डडेल्धुरा, २७ फागुन । वर्षौदेखि डडेल्धुराको अजयमेरु गाउँपालिका ५ देवल दिव्यपुर गालका स्थानीय खानेपानीको समस्यामा छन् । पानिकै लागी त्यहाँका स्थानीयबासी घन्टौं लाइनमा बस्नुपर्छ । यसबाट बालबालिकाको पढाइ प्रभावित हुने गरेको छ ।

images
images

विहान उठ्ने बित्तीकै अन्य कामकाज छोडेर पानी भर्नकै लागि लामबद्ध हुनुपर्ने बाध्यतामा डडेल्धुराको अजयमेरु गाउँपालिका ५ देवल दिव्यपुर गालका नागरिक छन् । एकजना स्थानीय, गणेश खड्काका अनुसार पानी नभएका कारण धेरै दुख खेप्नु परेको छ । यो गाउँमा एक सय २० घरपरिवारले ३ ओटा धाराको पानी उपभोग गर्दै आएका छन् । धारामा पानी विहान एक पटक मात्र आउने गर्छ । जसले स्थानीयलाई सरसफाइका लागी पनि मुस्कील हुने गरेको अर्का स्थानीय, इश्वरी रावत बताउनुहुन्छ ।

घरमा बालबच्चा छोडेर पानीका लागी घन्टौ लाइनमा बस्दा बालबालीकालाई चोटपटक लाग्न जोखिम एकातिर हुन्छ भने उनीहरुको पढाइलेखा पनि प्रभावित हुने गरेको छ । स्थानीय सरकार आएको तीन वर्ष बित्दा पनि देवलदिव्यपुरबासीको पानीको समस्या समाधान भएको छैन । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - १९:१३:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology