Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पेट्रोल चुहावटको आरोपमा चालक संघका अध्यक्ष यादव पक्राउ, चालकहरु आन्दोलित 

पेट्रोल चुहावटको आरोपमा चालक संघका अध्यक्ष यादव पक्राउ, चालकहरु आन्दोलित 

images

सिआईएन

२६, फाल्गुण २०७७
पेट्रोल चुहावटको आरोपमा चालक संघका अध्यक्ष यादव पक्राउ, चालकहरु आन्दोलित 
images

श्रीकान्त झा, जनकपुरधाम, २६ फागुन । पेट्रोल चुहावट भएको पाइएपछि चालक संघका अध्यक्ष जोगी यादवलाई प्रहरीले पक्राउ गरको छ। भारत बिहारको बरौनीबाट ढुवानी गर्ने ट्यांकरबाट पेट्रोल चुहावट भएको पाइएपछि चालक संघका अध्यक्ष  यादवलाई प्रहरीले पक्राउ गरको हो ।

अध्यक्ष यादव पक्राउ परेको विरोधमा हिजोदेखि ट्यांकर चालकहरुले ढुवानी बन्द गर्दै आन्दोलित भएका छन्। डिपो प्रमुख मनोज साहले अनावश्यक रूपमा अनुगमन गरी चालकलाई दुःख दिएको र संघका अध्यक्षलाई फसाइएको आरोप लगाउनुभयो । आयल निगमले अनुगमन गर्दा केही ट्यांकरबाट ५० लिटरसम्म तेल कम पाइएपछि चारवटा ट्यांकरलाई कारबाही गरिएको जनाएको छ।

कार्यालय स्रोतका अनुसार तेल चुहावट भएका ट्यांकरका चालकले त्यसको दोब्बर तेल तिर्नुपर्ने तथा चार दिनसम्म लोड तथा अनलोड गर्न नपाउनेजस्ता कारबाही गर्ने गरिएको छ। भारतमै अनुगमन गर्ने क्रममा पेट्रोल चुहावट भएको पाइएका चारवटा ट्यांकरलाई आयल निगमले भिठ्ठामोड बोर्डरमै रोकेको छ ।

नेपाल आयल निगम (धनुषा) को सखुवा महेन्द्रनगरको डिपोअन्तर्गत धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोल, डिजेल र मट्टितेल आयात/निर्यात हुने गरको छ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०९:०१:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology