Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेमा कसको शक्ति कति ?

एमालेमा कसको शक्ति कति ?

पत्रपत्रिका

२६, फाल्गुण २०७७
एमालेमा कसको शक्ति कति ?
images

काठमाण्डौँ, २६ फागुन । २०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा ९एमाले० को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिनुभयो भने पनि ११–११ हुन्छ । माधवकुमार नेपाल समूहमा झलनाथ खनाल, अष्टलक्ष्मी, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे छन् । केपी ओली समूहमा ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, सुवास नेम्वाङ देखिन्छन् ।

images
images

पदाधिकारीतर्फ वामदेव तटस्थ बस्दासम्म केपी समूह उपाध्यक्षविहीन हुन्छ । किनभने, निर्वाचित उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भएलगत्तै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुनुहुन्छ । उपाध्यक्षमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल माधव पक्षमा हुनुहुन्छ । अदालतको फैसलाअनुसार, विष्णु पौडेलको महासचिव खोसिएर उहाँ उपमहासचिवमा फिर्ता हुने र ईश्वर पोखरेल नै महासचिव कायम हुने स्थिति छ । यी दुबै केपी पक्षमा हुनुहुन्छ । माधव पक्षबाट घनश्याम भुसाल उपमहासचिव हुनुहुन्छ । पा“च सचिवमध्ये पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली एकतिर रहँदा योगेश भट्टराई, भीम आचार्य र गोकर्ण बिष्ट माधवतिर छन् ।

पोलिट्व्युरो सदस्यमध्ये माधव पक्षमा झलनाथ खनाल, अरुण नेपाल, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, पशुपति चौलागाईं, प्रदीप नेपाल, भागवत विश्वासी, राजेन्द्रप्रसाद पाण्डे, श्रीमाया थकाली, गौरा प्रसाईं, रामप्रित पासवान, विजय पौडेल, रघु पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, योगेश भट्टराई, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, शत्रुघन महतोसहित २३ जना देखिएका छन् । पोलिट्व्युरोमा केपीतर्फ विष्णु रिमाल, कर्णबहादुर थापा, काशिनाथ अधिकारी, गोकुल घर्ति, गोरखबहादुर बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, थममाया थापा, विन्दा पाण्डे, भानुभक्त ढकाल, यामलाल कँडेल, राधा ज्ञवाली, युवराज कार्की, योगनारायण यादव, शेरधन राईसहित १६ जना पुग्छन् । र, नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीभित्र माधव समूहको उपस्थिति नब्बे हाराहारीमा छ ।

संसदीय मोर्चातर्फ माधव समूह सबभन्दा कमजोर भएको गण्डकी र लुम्बिनी प्रदेशका संसदमा मात्रै हो । प्रदेश १ मा सबभन्दा बलियो भएर पनि शेरधन राईले जनजातिको नारामा मुख्यमन्त्री जिते । स्थानीय तहमा पनि माधव पक्ष उति कमजोर छैनन् । अधिकांश जिल्लामा माधव नेपाल पक्ष बलियो छ । नवौँ महाधिवेशनपछि ४० जिल्लामा त अधिवेशन जितेरै माधव पक्षको प्यानलसहित नेतृत्व छ । केपी पक्षले झापा, पर्वत र दैलेखमा अध्यक्ष जितेको, तर ती जिल्ला कमिटीहरुमा माधव पक्षको बहुमत छ । झापा र धनकुटामात्रै हो, केपी पक्षले प्यानल जितेको । माधव पक्षबाट अध्यक्ष जित्ने इलामका राम राना शेरधनलाई मुख्यमन्त्री बनाउने नाममा ओली समूहतिर लागेपछि फर्किएनन् । इलामबाहेक माधव समूहसँग बाँकी सबै जिल्लाका अध्यक्ष कायमै छन् । आजको जनआस्थासाप्ताहिक समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:२६:४५ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology