Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे आज खुला प्रश्नोत्तर गर्ने

गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे आज खुला प्रश्नोत्तर गर्ने

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८२
गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे आज खुला प्रश्नोत्तर गर्ने
images

काठमाडौँ । नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो ।

बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुनेछन् । प्रतिज्ञा पत्रका बारेमा देश विदेशबाट प्रश्न लिँदै सभापति थापाबाटै जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।

प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८२ बिहिवार - ०८:११:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology