Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जसपाको मागमा प्रधानमन्त्री ओली सकरात्मक

जसपाको मागमा प्रधानमन्त्री ओली सकरात्मक

पत्रपत्रिका

२६, फाल्गुण २०७७
जसपाको मागमा प्रधानमन्त्री ओली सकरात्मक
images

काठमाडौं, २६ फागुन । सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

images
images

सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको पहिलो बैठक सोमबार नै भएको शुक्लाले बताए । सत्ता सहकार्यका लागि नभइ आफूहरुले उठाउँदै आएको मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यदल गठन भएको उनको बताए ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा सत्ता सहकार्यबारे छलफलसमेत गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली​ जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न तयार रहेका छन् । जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायत उठाउँदै आएको छ । यस्तो लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत जसपाले गर्दै आएको छ ।आजको राजधानी दैनिकमा समाचार छ

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:१३:४० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology