तनहु, २८ असोज । प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले आफुले निर्वाचनका वेलामा भएका जनतासँगका प्रतिवद्धता सँग रहेर अन्र्तक्रिया गरेका छन् । विकास निर्माणमा जनताको चासो सम्वोधन गर्नका लागी जिल्लाका विभिन्न स्थानमा गई सासंद सिग्देलले जनतासँग अन्र्तक्रिया कार्यक्रम गरेका हुन् । सामाजिक दुरी कायम गरि जनअपेक्षा र सरकारले गरेका काम कारवाहीका वारेमा जनतासँगको धारणा वुझन र वुझाउन जनताका माझमा गएका सासंद सिग्देलले वताउनुभयो ।
जनतासँग भेटघाट गर्ने क्रममा सासंद सिग्देलले व्यास नपा वडा नं ५ मा रहेको पराशर गुफा, पाटनको झोलुङ्गे पुल, पराशर आश्रम, पाटन खेलमैदानका अवलोकनका साथै पाटनमा जनतासँग गुनासो सम्वोधन गरेका थिए । यसैगरि सासंद सिग्देलले चापाघाट–कण्टार खानेपानी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुसँग विकास निर्माण र अगामी दिनमा खेल्ने भुमिकाका वारेमा सुझाव मागेका थिए । जनचाहना वुझनका लागी जनताको घरदैलोमा पुगेर गुनासो सुनेका सासंद सिग्देलले वताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दे सासंद सिग्देलले विकास निर्माणमा कुनै पनि पक्षपात नगरिने वताउनुभयो । कण्टार–चापाघाट खानेपानी संस्थावाट आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे विकासमा कुनै पनि राजनिती नगरिने र गर्न नहुने वताउनुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै सवैको समान अस्तित्व र अधिकार भएको वताउनुहुदै वहाँले जनताको समस्या समाधानका लागी सक्दो पहल गरिने वताउनुभयो । विनियोजन भएको वजेट कार्यन्वयनका लागी स्थानिय नै चनाखो हुनुपर्ने वताउनुभएको सासंद सिग्देलले विकासमा वजेटको कमि नहुने वताउनुभयो ।
संस्थाको अध्यक्ष वलभद्र खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनताहरुले विकास निर्माणसँग सम्वन्धित रहेर धारणा राख्नुभएको थियो । साथै सासंद सिग्देलले सो अवसरमा पतेनीको आमा समुह, उदय माध्यामिक विद्यालयको भवन निर्माण को अवलोकन समेत गर्नुभएको थियो ।