Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सबै एमाले एकै ठाउँः खनाल–नेपाल एमालेमै फर्किए

सबै एमाले एकै ठाउँः खनाल–नेपाल एमालेमै फर्किए

पत्रपत्रिका

२५, फाल्गुण २०७७
सबै एमाले एकै ठाउँः खनाल–नेपाल एमालेमै फर्किए
images

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

images
images

सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् ।

दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ । दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले दाहाल स्वतहः सो पार्टीको अध्यक्ष हुनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरू आआफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सोमबार बसेको दाहाल नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०८:०२:०९ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology