Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने प्रचण्ड–माधव समूहको निर्णय

अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने प्रचण्ड–माधव समूहको निर्णय

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने प्रचण्ड–माधव समूहको निर्णय
images

काठमाडौँ । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक अब अब माओवादी माओवादीतिर र एमाले एमालेतिरै लाग्ने निष्कर्षसहित सकिएको हो।

बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको थियो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको हो जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक फरक पार्टीलाई व्युँताएको थियो।

बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै त्यसको कार्यान्वय गर्ने गरी नेताहरु अघि बढ्ने निर्णय गरेको नेता गणेश साहले बताए।

'माओवादी र एमाले अदालतको निर्णयअनुसार अघि बढ्ने प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठकले निर्णय गरेको छ' -स्थायी कमिटी सदस्य गणेश साहले भने।

प्रचण्ड माधव समूहको यो रुपमा भएको स्थायी कमिटीको बैठक यो नै अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताए। उनले अदालतले गरेका निर्णय अस्पष्ट रहेकोले यसको कार्यान्वयनमै अप्ठेरो अवस्था आउन सक्ने बताए। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेकोसमेत बताए।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:३५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology