Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखाको तीन गाउँ तीन सातादेखि अन्धकारमा

गोरखाको तीन गाउँ तीन सातादेखि अन्धकारमा

images

इच्छाकामना न्युज

२०, पौष २०८२
गोरखाको तीन गाउँ तीन सातादेखि अन्धकारमा
images

गुणबहादुर रोका, सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३ का तीन गाउँका स्थानीय तीन सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय जलविद्युत आयोजनामा आएको समस्याका कारण चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी भालुवन र पैयुँ गरी ७२  घरधुरीका बासिन्दा लामो समयदेखि विद्युतविहीन भएपछि टुकीको सहारामा बस्न बाध्य भएका हुन् ।

तीन गाउँका ७२ घरधुरीमा हाल विजुली छैन । स्थानीयस्तरमा निर्माण गरिएका लघु जलविद्युत आयोजनाको टर्बाइनमा प्राविधिक समस्या आएपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको विशाल घलेले बताउनुभयो । केन्द्रीय प्रसारण लाइन अझैसम्म पनि यी गाउँमा नपुगेकाले वैकल्पिक स्रोतको समेत अभाव छ ।

‘‘विद्युत नहुँदा दैनिक जीवन कष्टकर बनेको छ,’’ स्थानीय घलेले भन्नुभयो, ‘‘विद्युत नभएपछि मोबाइल चार्ज गर्न समस्या हुने तथा बालबालिकाको पढाइमा समेत असर पर्ने गरेको छ ।’’

लघु जलविद्युत आयोजना मर्मतका लागि आवश्यक प्रविधि र सामग्री अभाव हुँदा लामो समयदेखि समस्या समाधान हुन नसकेको चुमनुब्री गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार टर्बाइन बनाउन बुटवल लानुपर्ने तथा दुर्गम क्षेत्र भएकाले पनि मर्मत कार्य ढिला भएको बताइएको छ ।

पालिकाका अध्यक्ष निमा लामाले आयोजनाको शीघ्र मर्मतका लागि पहल भइरहेको र अस्थायी रुपमा सोलार बत्ती उपलब्ध गराउने तयारी समेत भइरहेको जानकारी दिनुभयो । साथै दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

अहिले उत्तरी गोरखाका सामागाउँदेखि जगतसम्म अधादर्जन गाउँमा विद्युत अबरुद्ध भएको छ । विद्युत आधुनिक जीवनमा आधारभूत आवश्यकता बनेको वर्तमान अवस्थामा दुर्गम गाउँका नागरिक अझै अन्धकारमा बस्नु पर्ने भएको स्थानीयको भनाइ छ ।  

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:०६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology