Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको ब्यासमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई पक्राउ

तनहुँको ब्यासमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई पक्राउ

इच्छाकामना न्युज

१८, पौष २०८२
तनहुँको ब्यासमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई पक्राउ
images

अमरराज नहर्की, तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

images
images

व्यास नगरपालिका–१२, भड्खला निवासी ४३ वर्षीय दीपक भन्ने देवबहादुर पाण्डे र सोही स्थानका ३० वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरिएको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनु भयो ।

बुधबार राति करिब १२ः४५ बजेको समयमा उनीहरूले व्यास नगरपालिका–१२ लामिडाँडा निवासी २३ वर्षीय सुमन भुजेललाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट भुजेल गम्भीर घाइते भएका छन् । घाइतेको हाल बी एन्ड बी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

दुई दाजुभाइलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी विकले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “पक्राउ परेका दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाइएको छ, घटनाको गम्भीरतालाई हेर्दै थप प्रमाणहरू सङ्कलन भइरहेका छन् ।’’

पक्राउ परेका पाण्डेद्वयलाई शुक्रबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतबाट पुस १६ गतेदेखि नै लागु हुने गरी म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबी वा अन्य के कारणले हतियार प्रहार भएको हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - ११:०५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology