Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

images

इच्छाकामना न्युज

२६, मंसिर २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
images

चितवन । नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिमा नामसमावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ। पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो। दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट सङ्घ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए।

यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन्। तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए।

images
प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - ११:२०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology