Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अदालतले एमाले ब्युताईदिएपछि माधव समूहका ३ दर्जन सांसदको पद धरापमा

अदालतले एमाले ब्युताईदिएपछि माधव समूहका ३ दर्जन सांसदको पद धरापमा

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
अदालतले एमाले ब्युताईदिएपछि माधव समूहका ३ दर्जन सांसदको पद धरापमा
images

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले तत्कालिन एमाले ब्युँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ। एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टाढिएको माधव नेपाल समूहसँग दल विभाजन गर्ने गरी संसदीय दलमा सदस्य संख्या अपुग हुने देखिएको छ।

प्रतिनिधिसभामा एमालेको १२० सिट छ। दल विभाजन गर्न माधव नेपाललाई कम्तिमा ४८ सिट आवश्यक पर्छ। तत्कालिन एमालेको केन्द्रीय कमिटीमा भने माधव समूहको ४० प्रतिशत पुग्ने भएकाले एमालेको संसदीय दलमा सो समूहको हालको हवस्थामा ४० प्रतिशत नपुग्ने देखिएको छ।

हालसम्म खुलेर माधव नेपालतर्फ लागेका प्रतिनिधिसभा सदस्यहरुको संख्या मात्र ३३ छ। उता ओलीतर्फ भने स्पष्ट रुपमा ६२ जना खुलेका छन्। तर करिब २५ जनाको अवस्था स्पष्ट छैन। माधव नेपालले यी २५ जनालाई आफूतर्फ तान्न नसके उनले दल विभाजन गर्न पाउने छैनन्।

यस्तो अवस्थामा केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा रहेका ओली उनीहरुमाथि कारबाही गरे माधव नेपाल, झलनाथ खनाल लगायत उनीहरुसँग रहेका सांसदहरुको सांसद पद खारेज हुन सक्नेछ। उता एकीकरणपछि प्रतिनिधिसभामा उपनिर्वाचन मार्फत निर्वाचित नेकपा सांसद विद्या भट्टराई र राष्ट्रिय सभामा निर्वाचित नायणकाजी श्रेष्ठ, वेदुराम भुसाल लगायतका सांसदहरु कुन दलको हुने भन्ने अन्यौल भएको छ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २२:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology