Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अदालतले एमाले र माओवादी केन्द्र ब्युत्याएको भन्दै चितवनको एमाले पार्टी कार्यालयमा दिपावली

अदालतले एमाले र माओवादी केन्द्र ब्युत्याएको भन्दै चितवनको एमाले पार्टी कार्यालयमा दिपावली

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
अदालतले एमाले र माओवादी केन्द्र ब्युत्याएको भन्दै चितवनको एमाले पार्टी कार्यालयमा दिपावली
images

चितवन, २३ फागुन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि चितवनमा दिपावली गरिएको छ । एमाले पार्टी कार्यालय कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा दिपावली गरिएको हो ।

दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हरी सापकोटाले मेहनत र पसिना बगाएर निर्माण गरेको पार्टी कार्यालय अव आफ्नै भएको बताए । उनले कार्यकर्ताको भावना अनुरुपको फैसला भएको भन्दै स्वागत गरे । दिपावली कार्यक्रममा सहभागी जिल्लाका नेता कार्यकर्ता उत्साहित देखिन्थे । उनिहरुले एक अर्कालाई बधाई समेत साटासाट गरेका थिए । सो अवसरमा नेता जेएन थपलिया,विजय सुवेदी, प्रकाश खनाल सैलेश लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा युवा विद्यार्थीले केपी ओलीको समर्थनमा नाराबाजी समेत गरेका थिए ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:५६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology