Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने

इच्छाकामना न्युज

१७, मंसिर २०८२
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने
images

सर्लाही । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ । लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो ।

images
images

कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६ हजार २७ वटा रुख काटिने छन् । सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ । सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।

सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ ।अब आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख हटाउने कार्य अघि बढाइएको छ । काटिएका रुख ठेकेदारले सुरक्षित रूपमा राखी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछ, र त्यसपछि वन कार्यालयले लिलामी प्रक्रिया अघि बढाउनेछ ।

रुख कटाउने अनुमति मिले पनि प्रमुख चुनौती भनेको बिजुलीका पोल हटाउने र खानेपानी पाइप स्थानान्तरण गर्ने कार्य भएको आयोजनाका प्रमुख राजेश कुमार दासले बताए  । पोल र पाइप नहट्दा कतिपय स्थानमा रुख काट्ने र सडक विस्तार गर्ने काम अवरुद्ध भइरहेको छ ।

कमला पुलदेखि पथलैयासम्मको करिब १३० किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ । पूर्वी खण्ड (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी खण्ड (रौतहट, बारा) छुट्टाछुट्टै कार्यालयमार्फत सञ्चालन हुँदैछ ।

दुई लेनको राजमार्गलाई बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०८२ बुधवार - ११:५३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology