Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सरकारको विरोध होइन,देश सुधारको सुझाव दिएको हुँ : गायक शङ्कर क्षेत्री

सरकारको विरोध होइन,देश सुधारको सुझाव दिएको हुँ : गायक शङ्कर क्षेत्री

images

इच्छाकामना न्युज

२४, कार्तिक २०८३
सरकारको विरोध होइन,देश सुधारको सुझाव दिएको हुँ : गायक शङ्कर क्षेत्री
images

काठमाडौँ । लोक तथा दोहोरी गायक शङ्कर क्षेत्रीले आफ्नो नयाँ ‘देउसी–भैलो’ गीत मार्फत आफूले सरकारको विरोध नगरेको बताएका छन् । आफ्नो गीतमा सरकारको विरोध गरेको भन्दै आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिएका हुन् ।उनले लेखेका छन्– ‘मैले सरकारको विरोध गरेको होइन ।

देशमा रहेका समस्याहरूलाई उजागर गर्दै ती समस्या कसरी सुल्झाउने भनेर देउसी–भैलोमार्फत सुझाव मात्र दिएको हुँ । उनले दर्शकलाई आफ्नो गीतलाई विरोधका रूपमा नभई देश सुधारको एउटा सुझावका रूपमा बुझिदिन आग्रह गरेका छन् ।केही दिनअघि सार्वजनिक भएको उनको गीत ‘हामीलाई जागिर चाहियो’मा सहकारी ठगी प्रकरण र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गरिएको भन्दै उनको चर्को आलोचना र बहिष्कारको माग सामाजिक सञ्जालमा भइरहेको छ ।

गीतमा के छ ?

क्षेत्रीले ल्याएको यस गीतमा देशको वर्तमान अवस्था, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक विकृतिबारे व्यङ्ग्य गरिएको छ । युवाहरूको मुख्य समस्या ‘जागिर’ को माग गरिएको छ ।देशका समस्यामा नेताहरू किन चुपचाप छन् भनी प्रश्न गरिएको छ । विकास निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचारमाथि व्यङ्ग्य गरिएको गीतमा सहकारी ठगहरूलाई कारबाही नभएकोमा असन्तुष्टि जनाइएको छ । क्षेत्रीसहित सपना मगर,रेणु लामिछाने,प्रमेश घिमिरे,प्रेम वि.के.र सन्देश सुवेदीले स्वर रहेको गीतको शब्द,सङ्गीत र निर्देशन स्वयम् गायक क्षेत्रीले नै गरेका हुन् । 

images
प्रकाशित मिति :कार्तिक २४, २०८३ सोमवार - १२:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology