Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ

सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ

images

इच्छाकामना न्युज

२४, कार्तिक २०८३
सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ
images

विश्वनाथ ठाकुर, 

सर्लाही । सर्लाहीमा जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । दिपावलीको राती सदरमुकाम मलंगवा–८ बाट ९ जना र ब्रहम्पुरी गाउँपालिकाबाट १७ जनालाई करिब १० लाख रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नौ लाख ४९ हजार ९८५ रुपैयाँ नेपाली नगद, ३१ हजार ५० रुपैयाँ भारतीय रुपैयाँसहित तास, मोबाइल फोन तथा जुवा खेल्न प्रयोग गरिने अन्य सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाका विभिन्न स्थानमा गोप्य सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।

मलंगवा नगरपालिका–८ स्थित भागनारायण चौधरीको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा ९ जनालाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मलंगवा नगरपालिका, गोडैता नगरपालिका तथा भारतीय क्षेत्र सोनवर्षाका बासिन्दासमेत रहेका छन् ।

उक्त स्थानबाट प्रहरीले विभिन्न दरका नेपाली नोट ६ लाख ३० हजार १६० रुपैयाँ, भारतीय नोट ३० हजार २५० रुपैयाँ, तासका तीन बुक र २५ थान मोबाइल फोन बरामद गरेको छ । त्यसैगरी, ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनेस साहको कुखुरा फार्म र स्थानीय सन्तोष साहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छुट्टाछुट्टै छापामारी गरी १७ जनालाई नियन्त्रणमा लिएको छ ।

कुखुरा फार्मबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट एक लाख १५ हजार ८९५ रुपैयाँ नेपाली, ६०० रुपैयाँ भारतीय नगद, एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको माछापुच्छे« बैंकको चेक तथा तासका तीन बुक बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

त्यस्तै, सन्तोष साहको घरबाट पक्राउ परेका व्यक्तिहरूको साथबाट दुई लाख ३ हजार ९३० रुपैयाँ नेपाली, २०० रुपैयाँ भारतीय नगद, छ थान डाइस, तास खेल्न प्रयोग हुने विभिन्न सामग्री तथा तासका बुक बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

 
 

images
प्रकाशित मिति :कार्तिक २४, २०८३ सोमवार - १२:३०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology