Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ बेनिकोटको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ बेनिकोटको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

रासस

१७, मंसिर २०८२
तनहुँ बेनिकोटको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री
images

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।

images
images

बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरे । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक उनी सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।

कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको बताए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”

स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने बताए । उनले भने, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष रु दुई लाख १० हजारको सुन्तला बिक्री गरे ।

भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्‍याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”

बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०८२ बुधवार - ११:४१:५२ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology