Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ १ मा केन्द्रीय नेताको सहमतिपछि टुङ्गियो प्रतिनिधि

तनहुँ १ मा केन्द्रीय नेताको सहमतिपछि टुङ्गियो प्रतिनिधि

इच्छाकामना न्युज

१७, मंसिर २०८२
तनहुँ १ मा केन्द्रीय नेताको सहमतिपछि टुङ्गियो प्रतिनिधि
images

तनहुँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका क्रममा तनहुँ क्षेत्र नम्बर १ मा उत्पन्न विवादका कारण स्थगित भएको मतगणना अन्ततः सहमतिमार्फत समाधान गरिएको छ । शनिबार राति मतगणना चलिरहेको बेला पृथ्वी निकट समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबिच विवाद तीव्र बन्दै गएपछि केही कार्यकर्ताले मतगणनामा खटिएका कर्मचारीमाथि आक्रमण गर्दै मतपेटिका समेत लुटेपछि निर्वाचन अधिकृत शिवदत्त ढकालले मतगणना अनिश्चितकालका लागि रोकिएको घोषणा गर्नु भएको थियो ।

images
images

बन्दीपुर गाउँपालिकामा खसेका २४२ मतमध्ये घनश्याम श्रेष्ठ र फूलमति थापाले करिब शतप्रतिशत मत प्राप्त गरेको भन्दै अन्य उम्मेदवार र प्रतिनिधिहरूले आपत्ति जनाएपछि विवाद अझै चर्किएको थियो । मतगणना रोकिएपछि केन्द्रीय तहका नेताहरूले दुवै पक्षका प्रतिस्पर्धीसँग निरन्तर छलफल गर्दै समाधान खोजेका थिए । अन्ततः ती नेताहरूले खुला तर्फ जिल्ला अध्यक्ष हरिराज कँडेल, प्रेमकुमार राना, मनुमाया श्रेष्ठ र फूलमति थापा तथा ४० वर्षमुनिका युवातर्फ मदन तिमिल्सेनालाई सहमतिका आधारमा प्रतिनिधि टुङ्गो लगाएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ मा भने कुनै विवाद बिना नै सबै पदमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । खुला तर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल, महिलातर्फ बिर्सना श्रेष्ठ र विष्णु अधिकारी पराजुली तथा ४० वर्षमुनिका युवातर्फ उज्ज्वल खनाल सर्वसम्मत रूपमा प्रतिनिधि बनेका हुन् । तनहुँ जिल्लाबाट दुवै क्षेत्र मिलाएर १२ प्रतिनिधि चयन भएका छन् । क्षेत्र १ बाट पाँच, क्षेत्र २ बाट छ प्रतिनिधि तथा जिल्लाबाट एक दलित प्रतिनिधि चयन भएका छन् । दलित तर्फ मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे सर्वसम्मत छनोट हुनुभएको छ । जिल्लाभर कुल पाँच हजार ६९३ संगठित सदस्य यस निर्वाचनका मतदाता छन्, जसमा क्षेत्र नम्बर १ मा दुई हजार ४०७ र क्षेत्र नम्बर २ मा तीन हजार २८६ सदस्य हुन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०८२ बुधवार - ११:२४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology