Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो 

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो 

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो 
images

काठमाण्डौ, २३ फागुन । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा सर्वोच्चले उत्प्रेषण परमादेश जारी गरेसँगै नेकपाको नाम ऋषिराम कट्टेलले पाउनुभएपछि ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको छ ।

आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नगराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ। आदेशको प्रतिलिपि साथै राखी सोको जानकारी विपक्षीहरूलाई दिनू र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाउनु पनि आदेशमा भनिएको छ । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपाको ओली र प्रचण्ड समूह कसरी अघि बढाउने भन्ने बारेमा रणनीति बनाउन थालेका छन् । ओली समूहले संसदीय दलको बैठक बोलाएको छ भने प्रचण्ड–नेपाल समूहले पनि आन्तरिक छलफल गरिरहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:२०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology