Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन

महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन

इच्छाकामना न्युज

९, मंसिर २०८२
महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन
images

काठमाण्डौ । नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।

images
images

पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठक मार्फत केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो। अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ। यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ। यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ। विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ।

केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ। प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ। प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समय मै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ।

मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभरि र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदै छन्। एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदै छन्।

images
प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - १०:१९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology