Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ युवा समिति चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

प्ये ल्हु संघ युवा समिति चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

इच्छाकामना न्युज

८, मंसिर २०८२
प्ये ल्हु संघ युवा समिति चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
images

भरतपुर । तमू प्ये ल्हु संघ युवा कार्यसमितिले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नं–२९ मा कार्यक्रममार्फत न्यानो कपडा वितरण गरिएको हो ।

images
images

जाडो मौसम सुरू भइसकेको हुँदा चिसोबाट बचाउन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको समितिका अध्यक्ष विशु लामा गुरूङले जानकारी दिए । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो ।

युवाहरुको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समाज र विद्यार्थीलक्षित कार्यक्रममार्फत समाजमा योगदान दिने प्रयास गर्नु नै नयाँ पुस्ताको सकारात्मक कार्य भएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष गुरूङले बताए ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १०:४५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology