Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन रोक

नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन रोक

इच्छाकामना न्युज

५, मंसिर २०८२
नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन रोक
images

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

images
images

नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको छ ।

आयोजनाका अनुसार शुक्रबार र शनिबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न पाइने छैन । आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १०:२९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology