Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मन्दिर चिनाउन महायज्ञ

मन्दिर चिनाउन महायज्ञ

इच्छाकामना न्युज

४, मंसिर २०८२
मन्दिर चिनाउन महायज्ञ
images

लमजुङ । लमजुङको गाउँसहरस्थित कालिका मन्दिर र ऐतिहासिक दरबारको प्रचारप्रसार गर्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेँसीसहर नगरपालिका–३ को संरक्षकत्वमा मङ्गलबारदेखि महायज्ञ सुरु गरिएको हो । महापुराण सप्ताह ज्ञान महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिनुभएको छ । महापुराण धार्मिक जागरण अभियान अन्तर्गत यज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

images
images

महायज्ञ अवधिभर पण्डित दीपकप्रसाद पौडेल र उहाँको समूहबाट विभिन्न देवलीला जनचेतनामूलक नाटक प्रस्तुतिसहित सङ्गीतमय कथा प्रवचन हुने भएको छ । धार्मिक यज्ञले गाउँसहर दरबारको विकास र समृद्धिमा थप टेवा पुग्ने गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं धार्मिक महोत्सव प्रचारप्रसार समितिका संयोजक राजेन्द्र बोहराले बताउनुभयो । धार्मिक यज्ञसँगै पर्यटन, शिक्षा र गाउँसहरको विकाससँग जोडेर छलफल तथा अन्तव्रिर्mयासमेत गरिने उहाँको भनाइ छ ।

पण्डित दीपकप्रसाद पौडेलले धार्मिक जागरण अभियान अन्तर्गत यो यज्ञ आयोजना गरिएको र यसले गाउँसहर कालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । वि.स. १५५० मा कास्कीबाट यशोब्रह्म शाहलाई लमजुङ ल्याएर राजा बनाएपछि गाउँसहरमा दरबार र कालिका मन्दिर स्थापना गरिएको थियो । राज्य एकीकरणपछि सोही कालिका मन्दिरको दियो लगेर गोरखामा गोरखा कालिका मन्दिर स्थापना गरिएको इतिहास रहेको छ । शाह वंशीय शासन प्रणालीको उद्गम स्थल र यहाँबाट आरम्भ भएको शासन प्रणाली नेपाल एकीकरण हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा पनि गाउँसहरमा रहेको लमजुङ कालिका मन्दिर र लमजुङ दरबार ओझेलमा परेपछि यसको प्रचारमा स्थानीय जुटेका हुन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०९:३६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology