Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तमु धिं नेपालले पोखरामा बृहत तमु ल्होछार महोत्सव आयोजना गर्ने

तमु धिं नेपालले पोखरामा बृहत तमु ल्होछार महोत्सव आयोजना गर्ने

इच्छाकामना न्युज

३, मंसिर २०८२
तमु धिं नेपालले पोखरामा बृहत तमु ल्होछार महोत्सव आयोजना गर्ने
images

पोखरा । तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो। 

images
images

तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। 

मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरु, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरु रहेकाछन्। 

ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी  विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सांगितिक कार्यक्रमहरु समावेश हुने भएको छ। महोत्सवमा साँस्कृतिक, पर्यटन,परम्परागत खाना, कृषि, सुचनाप्रविधी, बैकिंग, व्यवसायिक लगायतका स्टलहरु राखिने तमु धिंले जनाएको छ। 

यसवर्षदेखि ल्होछारलाई महोत्सवको रुपमा प्रारम्भ गरी आगामीवर्षहरुमा थप व्यवस्थित गर्दै पोखरामा पर्यटन आकर्षणको महोत्सवको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - ११:५१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology