Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले विघटित संसदीय दलको बैठक बस्दै

एमाले विघटित संसदीय दलको बैठक बस्दै

इच्छाकामना न्युज

२, मंसिर २०८२
एमाले विघटित संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । विघटित प्रतिनिधिसभामा रहेको नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो ।

images
images

तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल हुने जानकारी दिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालिन केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी सुशिला कार्कीले संसद विघट गरेकी थिइन् ।

संसद विघटनलाई ‘असंवैधानिक’ भन्दै आएको एमालेले संसद् पुनस्र्थापना गरिनुपर्नेमा जोड दिइरहेको छ । यता सरकारले भने आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ११:११:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology