Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सिन्धुलीमा महिलाको वीभत्स हत्या, दुई जना पक्राउ

सिन्धुलीमा महिलाको वीभत्स हत्या, दुई जना पक्राउ

इच्छाकामना न्युज

२८, कार्तिक २०८२
सिन्धुलीमा महिलाको वीभत्स हत्या, दुई जना पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले तीनपाटन गाउँपालिका २ पैरेकी एक महिलाको वीभत्स हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। सिन्धुली प्रहरीले यही कात्तिक १८ गते घरबाट घाँस काट्न हिँडेकी स्थानीय महेन्द्र बहादुर थापाकी श्रीमती वर्ष ४० की छत्रकुमारी कार्की (थापा)को हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो।

images
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार सिन्धुलीको दूधौली नगरपालिका-१३ का ३१ वर्षीया सुरज भन्ने सूर्यबहादुर कामी र सोही ठाउँका निरन भन्ने टंकबहादुर कामीलाई पक्राउ गरिएको हो।  प्रहरीले सुर्यबहादुरलाई दाङबाट पक्राउ गरेर सिन्धुली ल्याएको हो। सूर्यबहादुरले घटना घटाएको स्वीकार गरेपछि थप दुई जनाको संलग्नता पुष्टि भएको सुवेदीको भनाइ छ। टंकबहादुर निज सुर्यबहादुरकै भान्जा हुन्।
 
घटनामा संलग्न थप एक जना भने फरार रहेको र उनको खोजतलास भइरहेको एसपी सुवेदीको भनाइ छ। ९ दिनअघि घरबाट घाँस काट्न हिँडेकी कार्की बेपत्ता भएको खबरसँगै खोजतलासका क्रममा चार दिनपछि तीनपाटन गाउँपालिकाकै वडा नं १ को सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
 
मृत अवस्थामा फेला परेकी कार्कीको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको प्रहरीको भनाइ छ। घटना अनुसार कार्कीको हातको औंला सबै काटिएको, एउटा स्तन काटिएको र पाठेघर समेत निकालिएको अवस्थामा भेटिएको थियो। 

स्थानीयको भनाइलाई समेत मध्यनजर गर्दै प्रहरीले सन्दिग्धको खोजतलास सुरु गर्दै जाँदा शंकास्पद चार–पाँच जनालाई नियन्त्रणमा लिइए अनुसन्धान गरिएको थियो। उनीहरूबाट प्राप्त सूचनाका आधारमा दुधौलीका सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरेसँगै घटनाको वास्तविकता खुलेको थियो।

मृतक कार्कीको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट प्रहरीले बरामद गरेको छ। प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएको हो। प्रारम्भिक बयान अनुसार अवैध सम्बन्धका कारण कार्कीको हत्या भएको खुल्न आएको छ। अभियुक्त सूर्य बहादुर कामीको कार्कीसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको र बाहिरिने डरले कामीले हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। 

२०७९ कात्तिक १८ गते एक १६ वर्षकी नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सूर्य बहादुरलाई जिल्ला अदालत सिन्धुलीले २०८० असार २२ गते सफाइ दिएको थियो। उनै कामीले कार्कीको वीभत्स हत्या गरेको पुष्टि भएको हो। उनलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिएको छ। 

मृतक कार्कीको श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा मजदुरी गर्दै आएका छन्। मृतक कार्की भने तीन छोराहरूसँगै घरमा बस्दै आएकी थिइन्।

images
प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - ०८:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology